Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

अस्पताल भर्ना गराउदै आएकाे क्याटले अब असहायकाे खानाकाे प्रबन्ध गर्दै

spot_img
spot_img

वीरगंज । काेभिड एक्स टिम (क्याट) पर्सालाई गैर सरकारी संस्थाहरुले सहयाेग गरेका छन् । समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र दिव्य युवा क्लब बिरन्चीबर्वाले मंगलबार खाद्य सामग्री सहयाेग गरेका हुन् ।

दुबै संस्थाहरुले संयुक्त रुपमा एक कार्यक्रमका बिच क्याटकाे सम्पर्क कार्यालय जिल्ला समन्वय समिति पर्सामा पुगी क्याटलाई खाद्य सामग्री हस्तान्तरण गरेका छन् । समाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष इब्राहिम देवान र दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले संयुक्त रुपमा कार्यक्रमका प्रमुख अतिथी तत्कालिन समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादवलाई खाद्य सामग्री हस्तान्तरग गरे ।

संस्थाहरुले कतरनी चामल ८ बाेरा, मसुराेकाे दाल १ बाेरा, खाने तेल १० किलाे, आलु एक बाेरा, पियाज एक बाेरा र नगद  रु एक हजार सहयाेग गरेकाे छ ।

क्याटले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रणका लागि लामाे समयदेखी जारी निषेधाज्ञामा प्रभावितहरुकाे लागि नि:शुल्क रुपमा गरेकाे खानाकाे व्यवस्थापनमा सहयाेग गरेकाे अध्यक्षद्वयले वताए ।

क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्याटका सदस्य एवं नेपाली कांग्रेस जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, पत्रकार शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन शैली चाैधरीले गरेकी थिइन । 

साेही कार्यक्रममा सहभागि जिल्ला आयुर्वेद अस्पताल वीरगंजका प्रमुख डा. रमेश मिश्राले क्याटलाई आयुर्वेदीक औषधी सहयाेग गर्ने आवश्वासन दिए । काेभिड अस्पतालमा उपचाररत संक्रमितहरुलाई वितरण गर्नकाे लागि आयुर्वेदिक औषधी सहयाेग गर्न क्याटले राखेकाे प्रस्तावमा सहमति जनाउदै सकेजति सहयाेग गर्ने प्रतिबद्धता जनाए । 

यस्तै विटु वाटर जितपुरलेसमेत क्याटलाई ५० पक्केट खाने पानी सहयाेग गरेकाे छ । विटु वाटरका दिपक गुप्ताले ५० पक्केट पानीकाे बाेतल सहयाेग गरेकाे क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए ।   

 यता क्याटले काेराेना प्रभावितकाे सहयाेगार्थकाे लागि १० जना स्वयं सेवकसमेत परिचालन गरेकाे छ । जिल्ला समन्वय समिति मै क्याटकाे सहयाेगमा संचालित मेसकाे खाना विभिन्न अस्पतालमा वितरणकाे लागि स्वयं सेवक परिचालन गरिएकाे क्याटका सदस्य श्याम पटेलले जानकारी गराए ।

ति स्वयं सेवकहरुलाई आजै क्याट लेखिएकाे ज्याकेट तथा सुरक्षा सामग्रीसमेत वितरण गरिएकाे छ । 

अस्पतालले भर्ना गर्न नमानेका बिरामीहरुलाई भर्ना गराउदै आएकाे क्याटले अब निषेधाज्ञामा प्रभावितहरुकाे लागि खाना प्रबन्धमासमेत जुटेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढीपीडितका लागि जेन जि पर्साको राहत सामग्री संकलन अभियान

वीरगंज । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि जेन जि युथ फोर्स पर्साले राहत सामग्री संकलन अभियान सुरु गरेको छ । जेन...

रुङ्टा ग्रुपद्वारा विपद् प्रभावितका लागि २ करोड १ लाख सहयोग

वीरगंज । वीरगंजका उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्टा अध्यक्ष रहेको रुङ्टा ग्रुपले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी...

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ...