Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

काेभिड अस्पतालमा मृत्यु भएकाे जिराभवानीका पुरुषमा काेराेना पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जना मृत्यु भएको छ । वीरगंजस्थित नारायणी अस्थायी कोराेना विशेष अस्पताल गण्डकमा उपचाररत पुरुषको आइतबार संक्रमणका कारण मृत्यु भएको हो ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ६८ वर्षीय पुरुषको मृत्यु पश्चात करोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मुटुका दिर्घ रोगि उक्त पुरुषलाई निमोनिया हुनका साथ् श्वासप्रश्वासमा समेत समस्या हुनथालेपछि कोरोनाको शंका लागेर आइतबारनै राती साढे ९ बजेको करिब गण्डकमा भर्ना गरिएको थियो ।

प्रशासन कार्यालयका अनुसार अस्पतालमा भर्ना भई उपचार सुरु गरिएकाे अवस्थामा साेही दिन राती १०:१० बजे उनकाे मृत्यु भयाे । मृत्यु पश्चात उनको स्वाबको नमुना संकलन गरि आरटी पिसिआर परिक्षण गर्दा नतिजा पोजिटिभ देखिएकाे हाे ।

मृतक वृद्धको कुनै ट्राभल हिस्ट्री समेत नरहेको प्रशासनले जनाएको छ । योसँगै प्रशासन कार्यालयकाे तथ्यांक अनुसार पर्सामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...