Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सागढीका १४ सहित पर्सामा थप ३४ जनामा काेेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार पर्साको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकागरीमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिए सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिकाका २० जना रहेका छन् भने पर्सागढी नगरपालिकाका १४ जना रहेका छन् । भदौं ५ गतेदेखि ७ गतेसम्म विभिन्न स्थानमा संकलन गरिएको स्वाबलाई परिक्षण गर्दा ६ महिलासहित थप ३४ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सङ्क्रमित हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ की एक जना महिला र वडा नं. ६, ११, १२, १६, २१ र २४ का एक/एक जना पुरुष रहेका छन् । त्यसैगरी वडा नं. १५ भिस्वामा ९ जना पुरुष र ४ जना महिलागरी १३ जनामा सङ्क्रमण देखिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै पर्सागढी नगरपालिका वडा नं. ८ को १४ जना पुरुषमा सङ्क्रमण देखिएको छ । योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या १ हजार ९ सय ४४ पुगेको छ । जसमा १ हजार ५ सय १९ जना पुरुष र ४ सय २५ जना महिला रहेका छन् ।

पर्सामा सङ्क्रमणबाट हालसम्म ३० जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...