Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

क्याटलाई सांसद डा. यादवले गरिन स्वास्थ्य सुरक्षा सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ की प्रदेश सांसद डा. अञ्जू कुमारी यादवले कोभिड एक्सन टिम (क्याट) लाई स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गरेकी छन् ।

कोरोना सङ्क्रमणका कारण सृजित अवस्थामा सहयोगका लागि खटिरहेका क्याटलाई सांसद यादवले आइतबार मास्क, पञ्जा, फेस सिल्ड, हेड कभर र गाउनलगायत स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गरेकी हुन् ।

साे समाग्री जिल्ला समन्वय समिति पर्सामा पुगी डा. यादवले क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीलाई हस्तान्तरण गरिन । सामग्री हस्तान्तरण गर्दै सांसद डा. यादवले क्याटले गरिरहेकाे कामलाई सुरक्षित रुपले निरन्तरता दिन सहयोग गरेको बताइन ।

साे अवसरमा क्याटका सदस्य श्याम पटेल, तबरेज अहमद, सञ्जिव मिश्रा, समाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष इब्राहिम देवान, सांस्कृतीकी अध्यक्ष शैली चाैधरी लगायतको उपस्थिति रहेको थियाे ।

यसै बिच क्याटले स्वयं सेवकसमेत परिचालन गर्ने निर्णय गरेकाे छ । विभिन्न गैर सरकारी संस्थाकाे सहयाेगमा क्याटले १० जना स्वयं सेवक परिचालन गर्ने निर्णय गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...