Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

रेम्डेशिभिर कालोबजारी गरेको आशंकामा एक डाक्टरसहित २ जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज । कोरोना संक्रमितकाे उपचारमा प्रयाेग हुने औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंकामा नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् ।

रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका आराेपमा डा.ताहिर अंसारी पक्राउ परेका हुन् ।

कोभिडको औषधी खरीदका लागि चर्को शुल्क लिएको बिषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएकाे पर्साका प्रहरी प्रवक्ता मनाेजित कुँवरले बताए । डा. अंसारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाईसमेत पक्राउ गरिएकाे प्रवक्ता कुँवरले जानकारी गराए ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत एक जना बिरामीको परिवारसँग औषधी मिलाई दिने भन्दै शनिबारसम्ममा डा. अंसारीले १ लाख ९८ हजार रुपैँया उसुल गरेको बुझिएकाे छ ।

गत श्रावन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...