Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बर्दीकाे आडमा आतङ्क मचाउदै हवलदार यादव

spot_img
spot_img
वीरगंज । प्रहरी चौकी बहुअर्वा भाठाका हवलदार सुबोध यादव बर्दीको आडमा ब्रह्मलुट मचाएका छन् । पर्साको विन्दावासिनी गाउँपालिकामा पर्ने सो चौकीका हलदार यादव गुन्डाशैलीमा सर्वसाधारणलाई लुट्दै हिडेकाे गुनासाे बढेकाे छ ।
 
विश्व महामारीको रुप लिएको कोरोना भाइरसले नेपाल पनि अछुतो नरही सबैभन्दा बढि प्रभावित पर्सा जिल्ला भएपनि लकडाउनको मौका छोपी हलदार यादव बहुअर्वा भाठा चौक, बिश्रामपुर र गर्दाैल लगायतका स्थानीय पसले व्यवसायीसंग डराई धम्काई पैसा असुली गरी लुट्दै हिड्का छन् ।
 
प्रहरी प्रशासन जनताको रक्षक भएपनि पछिल्लो समयको लकडाउनको बेला बहुअर्वा, गर्दाैल र बिश्रामपुर गाउँका स्थानीयमाथि अपराधी जस्तो अन्धाधुन लठ्ठी प्रहार गरी आफूप्रति जनतामा भय, डर र त्रास देखाएर हलदार यादव अहिले खुद्रा पसले अथवा सानो व्यवसायीहरुसंग पैसा असुली गरी व्यवसाय संचालन गर्न दिईरहेको स्थानीयले दुखेसो पोखेका छन् ।
 
बहुअर्वा भाठ्ठा चौकीकाे प्रमुख प्रहरी सहायक निरिक्षक भएपनि चौकीका सबै कमाण्ड हलदार सुबोध यादवले नै चलाउने गरेका छन् । यस विषयमा प्रहरी चाैकीका प्रमुखसंग गुनासो गर्ने सर्वसाधारणलाई हवलदार यादवले कुटपिट गर्ने र धमकाउनेसमेत गरेका छन् । मेराे बिषयमा बढी बाेले फसाइ दिनेसमेतकाे हवालदार यादवले धम्की दिने गरेका छन् ।
 
कुनै कुनै व्यवसायीले पैसा दिन नमान्दा लकडाउनको बाहानामा कुठारघात तरिकाले कुटपिट गरि सरसमानालाईसमेत फाल्ने गरेको स्थानीयले बताएका छन् ।
 
पर्सामा पहिलो पटक महिला प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा आएकाे बेला भय, डर र त्रासरहित आम नागरिकलाई बातावरण सृजना भएपनि हलदार यादवको दादागिरीले सानाे व्यवसायी तथा सर्वसाधारण पिडित भएका छन् ।
 
कोरोना महमारीमा जारी लकडाउनको बेला स्थानीयमाथि कुठारघात लठ्ठी प्रहार गरि आफ्नो पहुँचमाथिसम्म भएकोले कसैले पनि मेरो केही गर्न नसक्ने जस्ता कुराले धम्काउँदै जनताको रक्षक हुने हलदार यादव अहिले जनताको भक्षक भएका छन् ।
 
स्राेतले बताए अनुसार माथिसम्म पहुँच भएको तस्कर गिरोहले पनि हलदार यादवलाई सघाउने गरेकोले उनकाे सरुवा भएपनि अहिले उनलाई रोकिएर राखिएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...