Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा उपचाररत काेराेना संक्रमित महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमित थप एक जनाकाे मृत्यु भएकाे छ ।

नारायणी कोभिड १९ अस्पताल वीरगंज हेल्थ केयरमा उपचाररत वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ५६ वर्षिय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासमा समस्या रहेको महिलाकाे शुक्रबार बेलुका ०७:३० बजे मृत्यु भएकाे हाे । प्रशासन कार्यालयले जनाए अनुसार श्रावण २२ गते स्वाव संकलन गरी महिलाकाे आरटी पिसिआर परीक्षण गर्दा श्रावण २४ गते नतिजा पाेजिटिभ आएको थियाे । 

त्यसपछि वीरगंज हेल्थ केयर काेभिड अस्पतालकाे आइसियु र पछिल्लो १२ घण्टा भेन्टिलेटरमासमेत राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे हाे । मृतकाे कुनै किसिमकाे ट्रेभल हिस्ट्री नरहेको जनाइएकाे छ ।

प्रशासन कार्यालयकाे तथ्यांक अनुसार याेसंगै पर्सामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...