Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरिया अस्पतालबाट पनि काेराेना निकाे भएर एक जना डिस्चार्ज

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया अस्पतालबाट पनि एक जना काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । काेराेना निकाे भएर डिस्चार्ज भएका २५ बर्षिय पुरुषालाई पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले बधाई तथा शुभकामना दिएकी छन् ।

अस्पताल मै पुगेर उप मेयर खातनुले डिस्चार्ज हुने व्यक्तिलाई फूलकाे गुच्छाले स्वागत गर्दै शुभकामना दिइन ।  

दाेस्राे पटक पिसिआर परिक्षण गर्दा रिपाेर्ट नगेटिभ आएपछि शनिबार सांझ एक जनालाई डिस्चार्ज गरिएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अनिल यादवले जानकारी दिए ।

१४ दिनपछि काेराेना निकाे भएर उनी घर फर्केकाे मेसु यादवले वताए ।

साउन २५ गते उनीसहित ५ जना संक्रमितलाई अस्पतालकाे आइसाेलेसनमा भर्ना गरिएकाे थियाे । पांचै जनाकाे भदाै ४ गते दाेस्राे पटक स्वाब संकलन गरि परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाउदा शनिबार ४ जनाकाे रिपाेट पुन: पाेजिटिभ र एक जनाकाे नगेटि आएकाे मेसु यादवले जानकारी गराए ।

दाेस्राे पटक रिपाेट नगेटिभ आएका एक जनालाई डिस्चार्ज गरिएकाे र ४ जनालाई अहिले अस्पतालकाे आइसाेलेसन मै राखिएकाे उनले वताए । भदाै ४ गते नै कन्टेक्ट ट्रेसिङका ३ जनाकाे स्वाब परिक्षणकाे लागि पठाइएकाेमा उनीहरुकाे रपाेर्ट नगिटिभ आएकाे मेसु यादवले जानकारी गराए ।

पाेखरिया अस्पतालकाे आइसाेलेसमा हाल २५ जना रहेका छन् भने बेड अभावमा अस्पतालकाे क्वाटरमा पनि ९ जना सक्रमितलाई राखिएकाे छ । लक्षण नभएका पाेखरिया नगरपालिकाका अरु संक्रमितहरु हाेम आइसाेलेसनमा रहेका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...