Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सानाे पाइलाद्वारा ४० शय्याको अर्काे सामुदायिक आइसोलेसन सञ्चालन

spot_img
spot_img

वीरगञ्ज । सानो पाइलाले जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको समन्वयमा वीरगंजमा अर्को पनि सामुदायीक आइसोलेसशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा ४० शय्याको सामुदायिक आइसोलेश केन्द्र शुरु गरि सकिएको सानो पाइलाले बिज्ञप्ति जारी गरेर जनाएको छ ।

आइसोलेशन केन्द्रमा ४० जना कोराना भाइरसको संक्रमण पुष्टि भएका ब्यक्तिहरुलाई सेवा दिन सकिने छ । आइसोलेशन सेन्टर संचालनकालागि संविधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटा, प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादव र बुढानिलकण्ठ स्कूलका पूर्व बिद्यार्थी समाज, सहायता नेपाल, अमेरिका नेपाल मेडिकल फाउण्डेशन, राष्ट्रिय आष्किार केन्द्र क्रियशन नेपाललसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालन गरिएको सानाे पाइलाले बिज्ञप्तिमार्फत जनाएकाे छ ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चनझाले जानकारी दिए ।

‘हामीले सरकारको स्वास्थ्य मापदण्ड अनुसारनै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका हौं,’ झाले भने, ‘जहाँ डब्लुएचओले तय गरेको मापदण्डको पालना गर्दै सङ्क्रमितहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका छौ ।’

यसअघि कलवार धर्माशालामा सञ्चालन गरिएको ४० शय्याको आइसोलेसन माहामीले कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई राख्दै आएकाे सानाे पाइलाका जय साहले वताए ।

कोरोना सङ्क्रमितलाई परामर्श र उपचार सेवासहितको आइसोलेसनको व्यवस्था गर्न समुदायमा आधारित सामाजिक संस्था सानो पाइला सुरूदेखि नै अग्रसर रहँदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...