Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

बिन्दवासिनीकाे ढङ्गही नदीलाई गाउँपालिकाले पुनः पुरानै धारमा फर्कायाे

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ र २ को सिमामा पर्ने ढङ्गही नदीलाई पुनः पुरानै धारमा फर्काइएको छ ।

गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको निर्देशनमा सो मुहान साविकको ठाँउमा फर्काइएको हो । नदी छेउमा रहेको जग्गा कारोवारी वीरगंज श्रीसिया निवासी जग्गा ठेकेदार रामनारायण ठाकुरसमेतले साबिक नदीको मुहान परिवर्तन गरेका थिए ।

गाँउपालिकामा गत साउन २९ गते बसेको कार्यपालिकाको बैठकले सो नदिको नयाँ मुहान बन्द गरी साविकको मुहान खोल्ने निर्देशन दिएपनि ठेकेदार ठाकुरले अटेर गर्दै आएका थिए । आज गाँउपालिकाले आफनो र भाडामा लिएको जेसिवि प्रयोग गरी नदिको मुहान साविकै अवस्थामा फर्काएको गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले बताए ।

गत साउन २४ गते राति जग्गा कारोवारीहरुले वहुअर्वा भाठादेखि पश्चिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गहीको मुहान नै परिवर्तन गरेका थिए । हुलाकी सडक भएर बगि रहेको नदीलाई रातीको समयमा केहि व्यक्तीले मुहान फेरेको कार्यपालिका सदस्य रामाधार मुखियाले बताए ।

वहुअर्वा र गर्दौल गाउँका सयौं विगा जग्गाको प्रमुख सिचाइको रुपमा रहेको ढङ्गही नदीको मुहान रातै रातमा मुहान परिवर्तन भएपछि त्याहाका किसानहरु मारमा परेको थिए । मुहानलाई साविकको ठाँउमा फर्काउन लागेको सम्पुर्ण खर्च ठेकेदार ठाकुरबाट असुल उपर गर्ने गाँउपालिका अध्यक्ष कानुले बताए ।

ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र वेश क्याम्प बहुअर्वाभाठाका सई कृष्ण बनियाँको नेतृत्वमा खटेको सुरक्षाकर्मीको सक्रियतामा मुहान साविकको ठाँउमा फर्काइएको वडा अध्यक्ष सागिर मियाँले जानकारी दिए ।

नदीका किनारमा रहेका जग्गा धनीले मुहान फेरेर आफ्नो जग्गा हुलाकि सडकसंग जोडने प्रयास गरेका थिए । ठाकुरले ७०-८० फिट चौडा र १ हजार मिटर लामो भएर बगिरहेको नदीलाई अहिले १ हजार मिटर लामो दुरीलाई परिवर्तन गरेर २० मिटरमा ल्याएका थिए ।

मुहान फेरेर नदीको करिब १९ बिगहा भन्दा बढी जग्गा अतिक्रमण गर्न खोजेको स्थानीयाले बताएका छन् । ठेकेदार ठाकुरले पालिकासंग कुनै समन्वय नगरि नदीको मुहार फेरेको थिए । स्थानियको चौतर्फी बिरोध पछि नदिको मुहान साविकको स्थानमा फर्काइएको हाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम...

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...