Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सागढीका २५ सहित पर्सामा थप ५४ जनामा काेराेना संक्रमण

spot_img
spot_img
वीरगंज । पर्सामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा ७ महिलासहित ५४ जनाको नतिजा पाेजिटिभ देखिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयले उपलब्ध गराएकाे विवरण अनुसार वीरगंज महानगरपालिकाे वडा नं. ४, ७, ९, १०, ११, १२, २०, २५ मा १-१ जना, वडा नं. १३ मा २ जना, वडा नं. १६ र ३२ मा ३-३ जना गरी १६ जनामा संक्रमण फेला परेकाे छ ।
 
यस्तै पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. १ धाेरेमा एक जना, वडा नं. ३ पकहा मैनपुरमा एक जना, वडा नं. ५ सबैठवामा एक जना, सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ४ मा एक जना, पटेर्वा सुगौली गाउँपालिकाकाे वडा नं. ४ मा ३ जना, ठोरी गाउँपालिकाकाे वडा नं. १ मा २ जना, वडा नं. ४ मा १ जनामा संक्रमण पुष्टि भएकाे छ ।
 
पकहा मनैपुर गाउँपालिकामा संक्रमण पुष्टि भएका ३ जना मध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेका छन् ।
 
संक्रमित हुने सब भन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना रहेका छन् । पर्सागढी नगरपालिकाकाे वडा नं. ४ मा ४ जना, वडा नं. ५ मा ४ जना र वडा नं. ६ मा १७ जना संक्रमण फेला परेकाे छ ।
 

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि संक्रमण भेटिएको प्रयोगशाला स्राेतले जनाएकाे छ। ५४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ७ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...