Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

बहुदरमाईका एकसहित पर्सामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img
वीरगंज । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण पर्सामा थप २ जनाकाे मृत्यु भएकाे छ । नारायणी काेभिड १९ अस्पताल बिरगंज हेल्थ केयरमा गएराती एक जनाकाे र आज विहान एक जना गरी थप २ जनाकाे मृत्यु भएकाे हाे ।
 

 गएराति ०८:०५ बजे बिरगंज हेल्थ केयरमा उपचारत वीरगंज महानगरपालिका वडा नं. २६ सुगाैली विर्ताका ५८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

प्रशासन कार्यालयका अनुसार उनकाे बिहिबार स्वाव संकलन गरि आरटी पिसिआर परीक्षण गर्दा  शुक्रबार रिपाेट पाेजिटिभ आएको थियाे । खोकी र श्वासप्रश्वासमा समस्या रहेकाे उनकाे काेभिड अस्पतालकाे आइसियु र भेन्टिलेरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे हाे ।

यस्तै वीरगंज हेल्थ केेयर काेभिड अस्पताल मै आज विहान ७:१० पर्साकाे बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते बेलुका ८ः३० बजे वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।

ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम हुने समस्याका कारण ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...