Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईमा एक हजार पिसिआर परिक्षण गर्ने तयारी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा एक हजार जनाकाे पिसिआर परिक्षण हुने भएकाे छ । बिहिबार बसेकाे गाउँपालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठकले गाउँपालिकाकाे पांच वटै वडामा पहिलाे चरणमा एक हजार जनाकाे पिसिआर परिक्षण गर्ने निर्णय गरेकाे छ । 

बैठकले गाउँपालिका अन्तर्गतकाे काेराेना संकास्पद, भिड हुने ठाउँ हाेटल, किराना पसल, सैलुन, सेलर मिलका संचालककाे काेराेना  पिसिआर परिक्षण गर्ने निर्णय गरेकाे गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले जानकारी दिए । 

उनका अनुसार पहिलाे चरणमा भिड हुने व्यवसायीहरुकाे साथै ज्वाराे, खाेकीकाे बिरामीहरुकाे पिसिआर परिक्षण गरिने छ । फेला परेका काेराेना संक्रमितलाई राख्न श्री नेरा प्रावि हरिहरपुरमा सेमि आइसाेलेसन बनाउने बैठककाे निर्णय अनुसार ३० बेडकाे आइसाेलेसन तयार गरिएकाे छ।

गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा पिसिआर परीक्षणका लागि चाहिने सामग्री उधारोमा लिएर तयारी गरिएको तिवारीकाे भनाई छ । 

पिसिआर परिक्षणकाे लागि जिल्ला संकट व्यवस्थापन केन्द्रकाे अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीसंग समन्वयसमेत भईसकेकाे उनले जनाए । जिल्ला संकट व्यवस्थापन केन्द्रकाे समन्वयमा नै विना लक्षणकाे संक्रमितलाई गाउँपालिकाकाे सेमि आइसाेलेसनमा राखिने र लक्षणसहितकाे संक्रमितलाई वीरगंजकाे काेभिड अस्पतालमा पठाइने याेजना रहेकाे वडाध्यक्ष तिवारीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...