Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सामा थप ७५ जनामा काेराेना संक्रमण, मृत्यु हुनेकाे संख्या २६ पुग्याे

spot_img
spot_img
वीरगंज । पर्सामा थप ७५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । वीरगंज महानगरपालिकाकाे ७१ सहित शुक्रबार थप ७५ जनामा काेराेना भाइरस संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
संक्रमित हुनेमा ५१ पुरुष र २४ महिला रहेका छन । वीरगंज महानगरपालिकाका ७१, बहुदरमाई नगरपालिकाका १, जिराभवानी गाउँपालिकाका १, पोखरिया नगरपालिकाका १ र पकहाँमैनपुर गा.पा.का १ गरी ७५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
 
 याेसंगै प्रशासन कार्यालयका अनुसार पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ७ सय ३६ पुगेकाे छ । जसमा १३५६ पुरुष र ३८० महिला रहेका छन् ।
 
कोरोना मुक्त भई घर फर्केकाको संख्या ७२ महिला सहित ३ सय ४५ रहेकाे छ । शुक्रबार विभिन्न उमेर समूहका ७ जना संक्रमित काेराेना मुक्त भएकाे प्रशासन कार्यालयले उपलब्ध गराएकाे विवरणमा उल्लेख छ । काेराेना संक्रमित ५ पुरुष र २ महिला निको भई घर फर्केकाे जनाएकाे छ ।
 
आईसोलेसनमा रहेको पोजेटिभ केस २७ महिलासिहत एक सय ३८ रहेकाे छ भने होम आईसोलेसनमा रहेको पोजेटिभ केस २ सय ५ महिलासहित ६ सय ५ रहेकाे छ ।
 
हाल सम्म १७ हजार २ सय ६६ जनाकाे स्वाव संकलन भएकाे जस मध्ये ३७२ जनाकाे अझै रिपोर्ट आउन बाँकी रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ । काेराेना संक्रमणबाट हाल सम्म २६ जनाकाे मृत्यु भएकाे प्रशासन कार्यालयकाे तथ्यांकमा उल्लेख छ ।
आज संकलन भएको स्वाव संख्या : २७१
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...