Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बहुदरमाईका मेयरकाे दाेस्राे पटककाे रिपाेट पनि काेराेना पाेजिटिभ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे मेयर नितेन्द्र साहकाे दाेस्राे पटककाे रिपाेटपनि काेराेना पाेजिटिभ आएकाे छ ।

मेयर साहसहित २५ जना संक्रमितकाे दाेस्राे पटक पिसिआर परिक्षण गराउदा २० जनाकाे रिपाेट नगेटिभ र ५ जनाकाे पाेजिटिभ आएकाे नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

दाेस्राे पटक पनि रिपाेट पाेजिट आउनेमा मेयर साह, एक स्वास्थ्यकर्मी र अन्य ३ जना रहेका छन् । 

रिपाेट नगेटिभ आएका २० जनालाई बिहिबार सांझ नै गाउँपालिकाकाे सेमि आइसाेलेसनबाट डिस्चार्जसमेत गरिसकिएकाे संयाेजक उप्रेतीले जनाए ।  मेयर साहकाे रिपाेट पाेजिटिभ आएपनि स्वास्थ्य अवस्था ठिक रहेकाे उनले वताए ।

 मेयर साहसहित २५ जनामा साउन २४ गते काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । 

३ जना नयाँ संक्रमित थपिए
बहुदरमाई नगरपालिकामा शुक्रबार ३ जना नयाँ संक्रमित थपिएका छन् ।

साउन ३२ गते ३० जनाकाे स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षणकाे लागि पठाउदा ३ जनाकाे रिपाेट पाेजिटिभ आएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार संक्रमित हुनेमा २०, २९ बर्षका पुरुष र १८ बर्षकी महिला रहेका छन् ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...