Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

क्याटद्वारा गैर सरकारी संस्थाहरुसंग छलफल

spot_img
spot_img

वीरगंञ्ज । लगातारको बन्दाबन्दीले जनजीवन असमान्य बन्दै गएको र दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्नेहरुको दैनिकी झनै कष्ठकर बनेकोले काेभिड एक्सन टिम (क्याट) पर्सा व्यवस्थापनमा जुटेको छ ।

निषेधाज्ञा र कोरोनाको महामारीले दिनदुखि तथा गरिबहरु जिवन चक्र नराम्रोसंग पिरोलीको अवस्थालाई मध्य नजर गर्दै क्याटले सोको व्यवस्थापन गर्न गैर सरकारी संस्थाका प्रमुखहरुसंग शुक्रबार छलफल गरेको हो । छलफलमा बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीहरुले क्याट पर्सासंग सहकार्य गर्न तयार रहेको नेपाली काग्रेसका पर्सा सचिवसमेत रहेका क्याटका सदस्य श्याम पटेलले जानकारी दिए ।

महामारीको यो समयमा आफ्नो सामाजीक उत्तरदायित्व अन्तरगत असाहाय र आवश्यक्ता हुनेहरुको सहयोगमा जुट्ने प्रतिब्द्धता जनाएको सदस्य पटेलले वताए ।

यता छलफलको क्रममा कोरोना नियन्त्रणमा गैरसरकारी संस्थाको प्रमुख भुमिकाको बारेमा एक आपसमा अन्तरक्रियात्मक बिचार बिमर्स भएको तत्कालिन संघिय समाजवादी पार्टीका पर्सा सचिवसमेत रहेका क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए । उनले आजैदेखि दैनिक ज्यालादारी गर्नेहरुका लागि वीरगञ्जको वडा नं. १३ का युवाहरुद्वारा संचालन गरिएको निःशुल्क मेससंग सहकार्य गर्न सहमती भएको पनि जानकारी गराए ।

छलफलमा नेकपाका प्रतिनिधि एवं क्याटका सदस्य संजिव मिश्रा, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवान, दिव्य युवा क्लबका निर्देशक रामाकान्त पटेल, रुस्मत अंसारी, राजकुमार महतो लगायत अन्य गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...