Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा थप एक काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा शुक्रबार थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. १० रानीघाट निवासी ४८ वर्षिय पुरुषको मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

उनकाे शुक्रबार दिउँसो १ बजे वीरगंज हेल्थ केयर काेभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रशासन कार्यालयले जनाएकाे छ ।

मृतककाे श्रावण ३१ गते स्वाव संकलन भएको र श्रावण ३२ गते आरटी पिसिआर नतिजा देखिएपछि साेही दिन वीरगंज हेल्थ केयरकाे उनलाई भर्ना गरिएकाे थियाे । साेहीदिन देखी उनलाई आइसियुमा राखेर उपचार गर्नेमा आज मृत्यु भएकाे प्रशासनले जानकारी गराएकाे छ ।

प्रशासनले जनाए अनुसार निजको कुनै ट्रेभल हिस्टरी नरहेको र ज्वरो, खोकी श्वासप्रश्वासमा समस्या देखिएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...