Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

सरसफाईकर्मी चिकित्सक पछिकाे भगवान

spot_img
spot_img
  • राजन रौनियार /

कोरोना माहामारीको बिचमा अहिले सम्म भगवान भन्ने शब्दको अर्थलाई मैले अस्पतालमा कार्यरत चिकित्सक अथवा उनको साहायकको रुपमा काम गर्ने नर्स वा कम्पाउन्डरको लागि मात्र सुनेको थिए र बुझेको थिए । तर आफ्नो पत्रकारीताको कर्मको दौरानम साउन ३२ गते कोरोनाको सिकार भई गम्भीर अवस्थामा वीरगंजकाे दोस्राे नारायणी अस्थाई काेभिड असपतालको शाखाकाे रुपमा संचालीत वीरगंज हेल्थ केयर अस्पतालमा उपचारको लागि आउन साथ मलाई आईसियुमा राखेर उपचार सुरु गरीयो । मलाई उपचार भई रहदा मनमा अरु कुनै चिन्ता थिएन मात्र एक चिन्ताले मलाई भित्र भित्र नै सताइरहेकाे थियो । त्यो चिन्ता थियो अस्पतालमा हुने फोरह । किन भने मैले कोरोनाको लागि जति पनि रिपोटिंग गरेको थिए त्यो सबै रिपोटिंगमा अस्पतालमा सब भन्दा बढी समस्या दुरगन्धीत सौचालय, अब्यवस्थित र फोहर वाडहरुको बारेमा बढी थियो । कोरोना रोगीहरुको कारणले काम गर्न आउदैनन् भनेर सुनेको पनि थिए र देखेको पनि थिए ।

साउन ३२ गते बिहान ८ बजे अस्पतालमा आउदा म सारै नै पिडामा थिए जवरो थियो, छाती दुखिरहेको थियो र सास लिन पनि एक दम ग्राहाे हुदै थियो । उपचार सुरु गरेको करीब ३ घण्टा पछि मलाई अलि सहज महसुस हुदै थियो । आँखा खोलेर हेर्दा एक जना पुरुष पि.पि.इ सेट लगाई म भन्दा पहिला आ.ई.सि.यु मा रहेका अन्य संक्रमीतहरुलाई सलाईन र अक्सिजन आदिको अवस्था हेर्दै थिए । म उठेको देखेर उह मेरो नजिक आए र मेरो हात समात्दै भने दाई टेनसन न लिनु तपाईलाई केहि हुदैन् । तपाई चाँडै आफ्नो घर जानुहुन्छ । यती भन्दै मेरो अक्सिजनको पानि चेन्ज गरेर उह फेरी अर्को संक्रमीत तीर लागे । उनको त्यो स्पर्स र बोलिले मेरो सरीरमा हजारौं गुणा ताकत भएको औषधि र असिम साहसको मलम थपेको मैले महसुस गरे ।

करीब ५ बजेको समयमा अचानक अस्पतालमा एउटा महिलाले भोजपुरी लोक गित गाउदै गरेको आवाज मेरो कानमा सुनिन थाल्यो । ति महिलासंग उनका तिन जना साथिहर पनि गित गाउदै उनलाई सघाइ रहेकि थिए । तिनै जना महिला पि.पि.ई लगाएर एक जनाले हाथमा कुचो र २ जनाको हाथमा पोछा लागाउने कपडा बोक्दै गित गाउदै पुर्ण इमान्दारीता र निस्ठाका साथ आफ्नो काममा लागी परेको मैले देख्दा एक छिनको लागी म गहन सोचमा डुबे । उनले गुनगुनाउने गितको बोल र उसको शब्दहरु त एकदम गहन खालको थियो “कैसन दिन देखैल हो भगवान एक आदमी डेराता दोसरा आदमी से हमनी के भगवाका बनैल हे भगवान नहीयर छोडैल, ससुरा छाेडैल अब कैल हमर लाल और ल लही से भि दुर कैसन दिन वा देखैल हो भगवान” ति महिला सफाई कर्मीहरु थिए ।

वीरगन्जको हेल्थ केयर अस्पताललाई नरायणि कोरोना अस्पताको रुपमा बनाईएको दिन देखि उनिहरु आफ्नो घर परिवार, बाल बच्चलाई छोडि यहि अस्पतालको बिरामिहरुद्वारा गरिने फोरहलाई ब्यवस्थापन मात्र हैन संक्रमणले कालगती प्रप्त गरेका ब्यक्तिकाे अंतीम कपडा (कफन) समेत बदलिने र करीब ११० जना बिरामिको नास्ता, खाना समेतको ब्यवस्थापन उहाहरुले नै गर्ने गरेका छन् । यो असपतालमा १० जना सरसफाई कर्मचारी कार्यरत छन् । ५–५ जना गरी २ सिफटमा काम गर्ने गर्छन । जसमा २ जना पुरुष रहेका छन् । के यी कम पढेलेखेका समाजमा तल्लो स्तरको ब्यक्ति भन्ने हाम्राे समाजले ईनको मेहनत, इमान्दारीता र आफ्नो ज्यानलाई थाति राखेर दिन रात कोरोना बिरामीहरुको बिचमा आफ्नो सरिरलाई तराईको ३५ देखि ४० डिग्री सम्मको गर्मीको मैसममा पि.पि.ई लागाई तिन तल्ला सम्म रहेका र कोरोनाले भरीएका बिरामीहरुको लागी गरीने सेवालाई इनले पाउने मासिक तलबले काम गर्ने मजबुर गरेको हो की ..? उनको सेवाको भावानाले …? यस बिषयमा मैले यहाँ कार्यरत एक सफाई कर्मचारी महिलासंग सोध्दा उनको जवाफ … रकमको लागि कोई जानि जानि आगोमा कुददैन हामी कम पढेलेखेका ब्यक्ति हौ । अस्पतालामा काम गर्दा यहाँ धेरौ बच्चाहरु हम्राे काँखमा आफ्नो पहिलो संसार देख्छन । ति बच्चाहरुकाे लागी हामी उनको आफन्त झै खुसिहुन्थ्याैं ।

आज परिस्तीथी बदलिएको छ, आज देशमा संक्रमणकालको अवस्था छ । आजकल २..३..दिनमा आफुले सेयार सुहार गरेको बच्चा कतीबेला आखाँ चिमि यो संसारलाई छोडेर जान्छ हामि त्ये देख्दा हाम्राे आत्मा रुन्छ । हाम्राे काम जिवन देखि मृत्यु सम्म यहाँ आउने हरेक बिरामिको लागि एक बराबर हो । चाहे त्यो कोरोना होस वा अन्य कुनै रोग हामीहरु आफुलाई अग्रस्थानमा राखि आफ्नो दाईत्व पुरा गर्दै छौं । बाकी साेचनेले सोचोस …. उनि महिलाबाट मैले थाहा पाए, म पहिलो दिन अस्पातामा भर्ना भएको दिन मेराे हाथ समाई मलाई मल्म लगाउने ति पुरुष पनि एक सफाई कर्मचारी थिए । त्यो दिन उनि अक्सीजनको फील्टर पनि बदलिन आएका रहेछन । उनको कुरा सुनेर म सोच्दै छु आखिर ई को हुन अनपड गवार सानाे सोच र बुधि नपुगेको मनुस्य हुन कि ? निस्वार्थ भावनाले आफ्नो कर्म प्रति पुर्ण वफादार र सफा मुटु भएका हामि जस्तो कोरोना संक्रमितको लागि अनपढ भगवान ? के बाहिर बसेर पढेलेखेका आफुलाई बुद्धिमा भनाउने हाम्राे समाजले यस्ता ब्यक्तिलाई देख्ने दृष्टिकाेण अब बदलिने आवश्यकता छ की छैन । बिचार तपाईको भनिन्छ, मनुस्य आफ्नो कर्मले महान हुन्छ न कि उसको पैसा, पढाई वा उस्को जातले ? मेरो लागि कोरोना कालमा कोरोना अस्पतालमा काम गर्ने यस्ता सोचका ब्यक्ति असल भगवान हुन् । सोच बदले समाज बदलिन्छ । धन्यावाद ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...