Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो। 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहीबार साँझ ६: ४५ मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

क्षयरोग, मधुमेह र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि साउन २ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा लगेर भर्ना गरिएको थियो। 

उपचारका क्रममा बुधबार उनको स्वाब संकलन गरेर परिक्षण गर्दा कारोना पुष्टि भएपछि उनलाई बुधबार राति वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो। 

अस्पतालको आइसीयूमा भर्ना गरिएका उनको स्वास्थ्य झन बिग्रिएपछि बिहीबार साँझ भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...