Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सामा थप ५५ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १६ सय नाघ्याे

spot_img
spot_img

वीरगंज । पर्सामा थप ५५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । १० महिलासहित ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाेे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

 
प्रशासन कार्यालयका अनुसार वीरगंज महानगरपालिकाका ३२, धोबिनी गाउँपालिकाका ३, पोखरिया नगरपालिकाका १५ र पकहाँमैनपुर गाउँपालिकाका ५ गरी जम्मा ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
 
याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ६ सय ६१ पुगेकाे छ । जस मध्ये एक हजार ३ सय ५ पुरुष र ३ सय ५६ महिला रहेका छन् । संक्रमित हुनेमा २२ जना भारतीय नागरिकसमेत रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
 
अहिले सम्म पर्सामा एक सय १० जना स्वास्थ्यकर्मी, ८० सुरक्षाकर्मी, ६ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयाेगि पनि संक्रमित भएका छन् ।
 
अहिले सम्म कोरोना मुक्त भई ७० महिलासहित ३ सय ३८ जना घर फर्केका छन् ।
 
सक्रिय संक्रमित मध्ये २५ महिलासहित एक सय ३६ जना आईसोलेसनमा र २ सय ४ महिला संक्रमितसहित ६२३ जना होम आईसोलेसनमा रहेका छन् ।
 
यस्तै क्वारेन्टाईनमा रहेको संकास्पद केस २१ महिलासहित १ सय ६ रहेकाे प्रशासन कार्यालयले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । हाल सम्म १६ हजार ९ सय ९५ जनाकाे स्वाव संकलन गरिएकाे र जस मध्ये ४ सय ७७ जनाकाे रिपोर्ट आउन बाँकी रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
 
जिल्ला प्रशासन कार्यालयले आफ्नाे आधिकारिक फेसबुक डिएओ पर्सामा सार्वजनिक गरेकाे विवरणमा आज ३ सय ९ जनाकाे स्वाव संकलन भएकाे जनाएकाे छ । काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या हाल सम्म २४ रहेकाे जनाएकाे छ ।
 
 नारायणी कोभिड-१९ अस्पताल गण्डकमा-७०, नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयरमा एक सय २० र नारायणी अस्पतालमा-२० बेड गरी २ सय १० बेडको आईसोलेसन सेन्टर हुनुका साथै ४९५ बेडको सेमी आईसोलेसनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...