Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगन्ज । पर्सामा बुधबार कोरोना संक्रमणले थप एकजनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका– ५ रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो । 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । 

मधुमेहकी रोगी ती महिलामा निमोनियाको पनि समस्या भएपछि चार दिन पहिले अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।अली अर्थो ट्रमा सेन्टरमै उपचारका क्रममा भदौ २ गते उनको स्वाब संकलन गरिएको थियो । उनको पीसीआर रिर्पोट पोजिटिभ आएको थियो । 

कोरोना पुष्टि भएपछि ती महिलालाई मङगलबार राति ११ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई बुधबार बिहान ११ बजे भेन्टिलेटरमा राखिएको थियो ।

यसअघि मङगलबार पनि वीरगन्जमा कोरोना संक्रमणका कारण दुई पुरुषको मृत्यु भएको बुधबार विहान पुष्टि भएकाे थियाे । 

वीरगन्ज–४  विर्ताका ८४ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको थियो। वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा उपचारका क्रममा मङगलबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

बुधबार अपरान्ह संक्रमित १ महिलाको मृत्यु भएसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ। साउनमा मात्रै २८ जनाको मृत्यु भएको छ । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३१ मध्ये पर्साका २३, बाराका ५ र रौतहटका २ जना हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुल्न सकेको छैन। 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...