Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

सामाजिक सञ्जालमा लेख्दा सामाजिक संवेदानशीलता जोगा‌औं

spot_img
spot_img
-अशाेक कुशवाहा/
अहिलेको युग भनेको प्राविधिक संचारमाध्यमको युग हो । दुनियाको हरेक कुरो प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपले संचारमाध्यमसंग जोड़िएकै देखिन्छ । वर्तमान समयमा मानिसहरु संचारमाध्यममा यतिसम्म आश्रित भईसकेका छन की आफ्नै आँखाले देखेको तथा कानले सुनेको घटना, बिचार या सूचना पनि संचारमाध्यम द्वारा सुनेर, पढेर या देखेर मात्र विश्वस्त हुन्छन । इंटरनेटको सुबिधाले प्रिन्ट, श्रव्य र दृश्य संचारमाध्यमलाई सामाजिक सञ्जालसंग जोडेको छ । अर्बौको संख्यामा मानिसहरु सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर र इन्स्टाग्रामसंग ज़ोडिएको हुनाले कम समयमा बढ़ी भन्दा बढ़ी सूचना पाठकवर्ग सम्म प्रवाह गर्न सक्ने सब भन्दा सजिलो र द्रुत माध्यम अहिलेको समयमा सामाजिक सञ्जाल बनेको छ । यही कारण हो की प्रत्येक संचारमाध्यम अहिले सामाजिक सञ्जालसंग ज़ोडिएको देखीन्छ ।
 
सामाजिक सञ्जालमा संचारमाध्यमहरुले छोट्करीमा सामाचारको मुख्य विषय वस्तुको स्ट्याटस सँगै आफ्नो अनलाइन समाचारको लिंक या वीडियो शेयर गरेको देखीन्छ भने धेरै जसो स्थानीय संचारकर्मीले आफूले लेखेको समपूर्ण समाचार नै स्ट्याटस मार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको पाईन्छ । यसको मूल उदेश्य आफ्नो मीडियाको टीआरपी बढाउनु हो भने अर्को उदेश्य छोटो समयमा आफ्नो समाचार पाठकवर्गहरु विच पुर्याउदै आफ्नो पहिचान स्थापित गर्नु हो । ज्ञान र अनुभवको अभावमा धेरै जसोले सामाजिक सञ्जाललाई ब्यक्तिगत मञ्चको रूपमा लिएको देखिन्छ र आफू खुशी मनपरि लेखेको पनि देखीन्छ । सामाजिक सञ्जाल भनेको व्यक्तिगत मञ्च नभएर सार्वजनिक मञ्च हो भनेर बुझ्न अतिआवश्यक छ ।
 
आम जनताले पनि सामाजिक सञ्जालमार्फत समय सान्दर्भीक कुरोहरु उठाएको देखिन्छ र सम्बन्धित निकायको पनि ध्यानाकर्षण भएको थुप्रै उदाहरण समेत पाइन्छ । सामाजिक सञ्जालमा समाचार लेखन वा स्ट्याटस लेखन जोखिमपूर्ण र जिम्मेवारीपूर्ण कार्य हो । सामाजिक सञ्जालमा जनमुखी व्यक्तित्व या संचारमाध्यमले लेखेको कुरो पढ़नेहरुको संख्या अरुको तुलनामा अधिकमतम भेटीन्छन । यसरी सामाजिक सञ्जालमा लेखक या संचारकर्मीको लेख्ने शैलीले उनका पाठकवर्गहरुको लेख्ने, सोच्ने, बुझ्ने र काम गर्ने मानसिकताको निर्माण गर्द्छ । भाषा तथा शब्द प्रस्तुतिको शैली, तथ्य र त्यसको प्रमाणीकता, समय सीमा, शब्द सीमा, पाठक वर्गको रुचि र स्तर तथा सामाजिक संवेदनशीलत्ता र सम्प्रदायिक सन्तुलनलाई ध्यान दिनु अति आवश्यक हुन्छ ।
 
भाषा, अनुभव तथा ज्ञानको अभावले सामाजिक सञ्जालमा लेख्दैमा अनेकौ घटना तथा दुर्घटना भएको देखीन्छ । सामाजिक सञ्जालमा लेखेको स्ट्याटस कै कारण बीतेको महिनामा मित्र राष्ट्र भारतको कर्नाटक राज्यको बैंगलोर शहरमा साम्प्रदायिक सन्तुलन बिगड़ियों र साम्प्रदायिक दंगा भड्कियों । त्यस दंगामा ३ जनाको मृत्यु हुनुका साथै १६५ जनालाई प्रहरीले हिरसातमा लियो । २००/३०० गाड़ी समेत जलाइए । नेपाल मै फेसबुकमा स्ट्याटस लेखेर सामाजिक सद्भाव खलबलाएको भन्दै अनेकौ व्यक्तिलाई साइबर अपराध तथा बिधुतीय अपराध एन अन्तर्गत प्रहरी द्वारा पकड़ाउ गरी करवाही पनि गरेको पाईन्छ भने कतिपय भ्रष्टाचारमा लिप्त सरकारी तथा निजी जागीरसमेत गएको तथा करवाहिमा परेको पनि पाइन्छ ।
 
पर्सा जिल्लाको सदरमुकाम तथा देश कै आर्थिक राजधानी वीरगंज महानगरपालिका कै एक जना स्थानीय पत्रकारले सामाजिक सञ्जाल फेसबुक मार्फत समाचार लेख्दा देशव्यापी वायरल भएको सामाचारको ज्वलन्त उदाहरण हेरौ : उक्त सामाचार अनुसार एक जना हिन्दू समुदायका मानिसको मृत्यु हुदा आफ़न्त र हिन्दू समुदायका गाउँलेहरु कोरोना संक्रमणको डरले अन्तिम दाह संस्कारमा जान नमानेपछि त्यही टोलका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरु मिलेर हिन्दू रीतिरिवाज अनुसार उक्त मृतकको दाह संस्कार गरे भने समाचार ती पत्रकारले फेसबुकको आफ्नो आईडी मार्फत एक जना मुस्लिम समुदायका ब्यक्तिले दाग बति दिने व्यक्तिको मुन्डन गर्दै गरेको तस्वीर समेत सार्वजनिक गरे । सामाजिक संजालमा यो समाचार देश भरी आगो जस्तै फैलियों । जनप्रतिनिधि देखि नामचीन पत्रकारसमेत तथ्य नै न बुझी शेयर गरे । कतिले हिन्दू समुदाय प्रति नकरात्मक भावना र मुस्लिम समुदाय प्रति सकारात्मक भावना लेख्दै हिन्दू समुदाय तथा संघसंस्था प्रतिसमेत आपति जनाए । यो समाचार सार्वजनिक बहसको बिषय बन्न पुग्यो र अनेकौ संचारमाध्यमको मुख्य खबरको रूप लियो ।
 
अब समाचारको वास्तविकता हेरौ :
श्रावन-३२ गते विरगंज – १३ निवासी बुबालाल शाह केहि समय अघि कोरोनले ग्रसित भई अस्पतालको आइसोलेसनमा बसी उपचार गराई निको भई रिपोर्ट नेगटिभ आएको थियो । रिपोर्ट नेगटिभ भए पश्चात शाहको स्वास्थ्यमा समस्या देखियो र पछि बिरगंज स्थित बयोधा अस्पतालमा उपचार गर्ने क्रममा उनको निधन भएको थियो । उहाको अन्तेष्टिमा मृतक परिवारका अफन्तहरु तथा हिन्दू समुदायका वडा सदस्यसहितका केही भरभलादमीहरुको उपस्थिती थियो तर मुस्लिम समुदायको सहयोग पनि उल्लेखनीय रहेकाे मृतक कै आफ़न्तले फेसबुकमार्फत लिखित तथा वीडियो सार्वजनिक गर्दै जानकारी दिए । ती वडाका वडाध्यक्ष तथा वडा सदस्यसमेत स्थानीय संचारमाध्यमद्वारा जानकारी गराए । कोरोना संक्रमणकाल र निषेधाज्ञा कै कारण अन्तेष्टिमा मानिसहरुको बढी उपस्थिती नहुनु स्वाभाविक कुरो हो तर वडाध्यक्ष मुस्लिम समुदायका भएपनि उनको तथा केही मुस्लिम समुदायका युवाहरुको सहयोगले दुई समुदाय बीचको परस्पर सम्बंध र मानवताको परिचयलाई सकारात्मक दिशानिर्देश गरेको देखिन्छ ।
 
सामाजिक सञ्जालमा लेख्दा सामाजिक संवेदनशीलतालाई जोगाई दिनु अति आवश्यक देखिन्छ । ती पत्रकारले लेखेको समाचार देशभरी नै वायरल हुन पुग्यो र सत्य तथ्यको आभावमा उनकै कारण जनप्रतिनिधि, पत्रकार, अनलाइन पत्रिका, सामाजिक अभियानता, राजनीतिक व्यक्तित्वहरुको विश्वसनीयतामा धक्का पुग्नूको साथै शोकमा डुबेका पीड़ित मृतकका परिवारले थप पीड़ा सहनु पर्यों । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...