Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

क्याटकाे पहलमा वीरगंज १३ का युवाहरूद्वारा नारायणीमा खाना बितरण

spot_img
spot_img

वीरगंज । काेभिड एक्सन टिम (क्याट)काे पहलमा नारायणी अस्पतालमा आज विहान वीरगंज १३ का युवाहरुले खाना खुवाएका छन् । नारायणी अस्पतालमा उपचारत खानाकाे समस्या भएका बिरामीहरुलाई युवाहरुले खाना खुवाएका हुन् ।

यस्तै आफुहरु साउन १ गतेदेखी नै वीरगंजमा खानाकाे समस्या भएकाहरुलाई खाना खुवाइरहेकाे वीरगंज १३ का वडाध्यक्ष तुफान अन्सारीले वताए । वीरगंजमा लामाे समयदेखी जारी निषेधाज्ञाका कारण प्रभावित भएकाहरुकाे लागि साउन १ गतेदेखी राधेमाईकाे रामजानकी मन्दिरमा आफुहरु खाना खुवाउदै आएपनि मंगलबार सांझदेखी जिल्ला समन्वय समिति पर्साकाे प्राङगणमा खुवाउन थालेकाे उनले जानकारी गराए ।

वडाका युवाहरुकाे सहयाेगमा असहाय, गरिब, रिक्सा चालक, ठेला चालका लगायतकालाई खाना खुवाउदै आएकाे अन्सारीले वताए । यसै क्रममा क्याटका सदस्य तबरजे अहमदकाे आग्रहमा बुधबार विहान नारायणी अस्पतालमापनि खाना वितरण गरिएकाे उनलेे जनाए ।

वडाध्यक्ष अन्सारीसहित वीरगंज १३ का युवा राजकुमार महताे, संदिप यादव, अमिन मियाँ लगायतकाले असहायलाई खाना खुवाउदै आएका छन् ।

क्याटले मंगलबार वीरगंज बसपार्कमा अलपत्र परेका एक बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएकाे थियाे । क्याटका सदस्य संजिव मिश्राकाे माेबाइलमा फाेन आएपछि क्याट समुह त्यहाँ पुगी अलपत्र परेका बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएकाे थियाे ।

अस्पताल पुगेका हाम्राे समुहलाई ति बिरामी लगायत केहीलाई खानाकाे समस्या बारे थाह पाएपछि पहल गरिएकाे क्याटका सदस्य श्याम पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...