Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

रिहा भए नेवि संघका नेता विकास तिवारी

spot_img
spot_img

वीरगंज । नेवि संघ पर्साका जिल्ला सभापति विकास तिवारी रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साकाे आदेशमा नेता तिवारी साेमबार छैठाे दिन रिहा भएका हुन् ।

प्रहरी हिरास्तमा रहेका नेता तिवारीलाई रु २ हजार धराैटीमा रिहा गर्न पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङकाे आदेश अनुसार प्रहरीले उनलाई छाेडेकाे हाे । तिवारी रिहा भएपछि नेवि संघ पर्साका नेता तथा कार्यकर्ताहरुले उनकाे स्वागत समेत गरेका छन् ।

पर्सा प्रहरीले साउन २८ गते उनलाई नियन्त्रणमा लिएर सार्वजनिक शान्ति विरुद्धकाे खसुर मुद्दा दायर गरेकाे थियाे । 

सार्वजनिक शान्तिमा खल्ल पुग्ने गरी फेसबुकमा लेखेकाे आराेपमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेकाे थियाे । काेराेना महामारी राेकथाम तथा नियन्त्रणमा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले प्रभावकारी काम गर्न नसकेकाे भन्दै नेता तिवारीले फेसबुकमा आक्राेस पाेखेका थिए ।

साेही खसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएकाे थियाे । प्रहरी नियन्त्रमा रहेका तिवारीकाे रिहाईकाे माग गर्दै नेवि संघले दबाव स्वरुप प्रदर्शन समेत गरेकाे थियाे ।

यसअघि पनि निजि अस्पतालहरुले जनताकाे स्वास्थ्यसंग खेलवाड गरेकाे विरुद्धमा प्रदर्शनमा उत्रेका नेता तिवारी प्रहरी नियन्त्रणमा परेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...