Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

५ बुंदे माग राख्दै डाक्टरहरुले बुझाए ज्ञापन

spot_img
spot_img

वीरगंज । निजि अस्पतालमा कार्यरत डाक्टरहरुले आज ५ बुुंदे विभिन्न माग राख्दै नेपाल चिकित्सक संघ नारायणी, वीरगंजलाई ज्ञापन पत्र बुझाएका छन् ।

निजि अस्पतालमा कार्यरत डाक्टरहरुकाे संगठन मेडिकल अधिकृत (एमओ)ले चिकित्सक संघ नारायणी शाखाका सचिव डा. उदयनारायण सिंहलाज्ञ ज्ञापन पत्र बुझाएका हाे ।

डाक्टरहरुकाे न्यूनतम मासिक तलब रु ६५ हजार, स्वास्थ्य जिवन विमा न्यूनतम रु २५ हजार, अस्पतालमा काम गरुनजेल अस्पतालकाे तर्फबाट क्वारेन्टाइनमा बस्ने सुबिधा, डब्लुएचओकाे गाइड लाइन अनुसार सुरक्षा सामग्री र कार्य अवधिमा काेभिड संक्रमण भएमा अस्पतालबाट नि:शुल्क स्वास्थ्य उपचारकाे माग गर्दै ज्ञापन पत्र बुझाइएकाे एमओका सदस्य डा. तेजनाथ तिवारीले वताए ।

मेडिकल अधिकृत वीरगंजका उपाध्यक्ष डा. विवेक यादवले ज्ञापन पत्र बुझाउदै तपसिलका मागहरु ७ दिन भित्र पुरा नभएका आफुहरु काम गर्न असमर्थ हुने जानकारीसमेत गराए । 

काेराेना महामारीमा पनि नियु्न्तम सुरक्षा सामग्रीका साथ १० बर्ष पुरानाे तलब स्केलमा आफुहरुलाई काम गर्नु परेकाे चिकित्सहरुकाे भनाई छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...