Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा काेराेना संक्रमणले थप एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा उपचारका क्रममा रौतहटको गौर नगरपालिका–१ का ३५ वर्षीय युवकको शनिबार राति ८ बजे मृत्यु भएको थियो। 

मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो । प्रयोशगशालाबाट आइतबार अपराह्न ४ बजे प्राप्त रिपोर्टमा ती युवकको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

दमको समस्या भएपछि युवकलाई आफन्तले गौरबाट शनिबार अपरान्ह ४ बजे नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए। उपचारका क्रममा उनको शनिबार राति ८ बजे मृत्यु भएको थियो।  

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । साउनमा मात्रै २४ जनाको मृत्यु भएको हो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...