Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सखुवा प्रसाैनीका एक वडाध्यक्षसहित ६ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा एक वडाध्यक्षसहित ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादवसहित ६ जनामा काेराेना भाइरस संक्रमण फेला परेकाे हाे ।संक्रमित हुनेमा एक वडाध्यक्ष, ४ स्वास्थ्यकर्मी र अन्य एक जना रहेकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए ।

उनका अनुसार संक्रमित हुनेमा २ महिला स्वास्थ्यकर्मी पनि रहेका छन् । एक जना लखनपुर स्वास्थ्य चाैकीका इन्चार्ज हुन भने एक जना महुवन स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मी हुन् । २ पुरुष स्वास्थ्यकर्मीमा पनि एक जना महुवन र एक जना लखनपुर स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

यस्तै संक्रमित हुनेमा वडा नं. ४ देउरवाना एक जना पुरुष पनि रहेकाे स्वास्थ्य संयाेजक राैनियारले जानकारी गराए ।

साउन २६ गते ७३ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाइएकाे थियाे । नारायणी अस्पतालकाे प्रयाेगशालामा केमिकल अभाव भएपछि परिक्षणकाे  लागि स्वाबकाे नमुना अस्पतालले काठमाडाै पठाएकाे थियाे ।

काठमाडाैंबाट आइतबार ७ दिन पछि प्राप्त रिपाेर्टमा ७१ जना मध्ये ६ जनाकाे काेराेना पाेजिटिभ देखिएकाे र २ जनाकाे अझै रिपाेर्ट प्राप्त हुन नसकेकाे संयाेजक राैनियारले जानकारी दिए ।

संक्रमित सबै जनालाई गाउँपालिका मै सेमि आइसाेलेसन निर्माण गरि राख्ने तयारी भइरहेकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...