Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगन्ज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । वीरगन्जको नारायणी अस्पतालमा शनिबार बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिकाको अठराहा सुगौलीका ४५ वर्षीया पुरुषको शनिबार बिहान ७ बजे तिर मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो।

प्रयोशगशालाबाट शनिबार दिउँसो प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई बिहान नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए। 

१० दिनदेखि ज्वरो र खोकीले ग्रस्त उनमा शनिबार बिहान अचानक श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा ल्याइए लगत्तै उनको मृत्यु भएको डाक्टर सिंहले बताए । योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...