Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सामा थप २१ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा थप २१ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्साका २१ जना र बाराका २ जना गरी थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका बृद्ध पुरुषसमेत रहेका छन् ।  

शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमित हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदारसमेत रहेका छन् ।

वीरगन्ज बसर्पाकमा रहेको हिमाल भान्सा घर होटलमा कार्यरत ३५ बर्षीय १ जना कर्मचारी, वीरगन्ज हेल्थ केयर अस्पतालका २ जना कर्मचारी, वयोधा अस्पतालको १ जना कर्मचारी र वयोधा अस्पतालमा रहेको खाजा घरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ बर्षका उप प्रबन्धकमासमेत संक्रमण पुष्टि भएको छ ।

यस्तै संक्रमित हुनेमा वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना र पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरका २३ बर्षका १ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको जितपुरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकका २८ बर्षका १ जना कर्मचारी रहेका छन् । बारा कै कलैया वडा नम्बर १२ का ४१ बर्षीय महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...