Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

वीरगन्ज । पर्सामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको गण्डक काेराेना अस्पतालमा उपचारकाे क्रममा शुक्रबार बेलुका मृत्यु भएको अस्पतालका संयाेजक डा उदय नारायण सिंहले जानकारी दिए ।

मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते  कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए । विगत ६ दिनदेखि  उपचाररत उनको शुक्रबार बेलुकी मृत्यु भएको संयाेजक डा सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो । 

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...