Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगन्जको कोरोना अस्पतालबाट एक पत्रकारसहित ३६ जना डिस्चार्ज

spot_img
spot_img

वीरगन्ज । वीरगंजकाे काेराेना अस्पतालबाट काेराेना निकाे भएर ३६ जना डिस्चार्ज भएका छन् । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालबाट २८ जना र गण्डक अस्थाई काेराेना अस्पतालबाट ८ जना गरी ३६ जना डिस्चार्ज भएकाे गण्डक काेराेना अस्पतालका संयाेजक डा उदय नारायण सिंहले जानकारी दिए ।

वीरगंज हेल्थ केयरबाट डिस्चार्ज हुनेमा साढे दुई वर्षीया बालिका र ६ महिलासहित २८ जना रहेका छन् । पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको संयाेजक डा सिंहले जानकारी दिए । काेराेना जितेर डिस्चार्ज हुनेमा एक पत्रकारसमेत रहेका छन् । 

डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका ११ श्रीपुरका १२ जना रहेका छन् । वीरगन्ज २५ सिर्सियाका ६ जना डिस्चार्ज भएका छन् । यसैगरि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ३ जना निको भएर घर फर्किएका छन् ।

अन्य डिस्चार्ज हुनेमा वीरगन्ज १० घडिअर्वा, वीरगन्ज २२ मनियारी, नगवा, प्रतिमा चौकका बासिन्दा हुन् । बाराको आदर्श कोतवाल– ६ का एकना डिस्चार्ज भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...