Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सामा काेराेना प्रभावितकाे सहायताकाे लागि कोभिड एक्सन टिम गठन

spot_img
spot_img
वीरगंज । समुदायमा कोरोना रोग फैलिरहेकोले नियन्त्रणका लागि सरकारी संयन्त्र तथा स्वास्थ्य संस्थासंग समन्वय गर्न वीरगञ्जमा कोभिड एक्सन टिम (CAT) गठन भएको छ ।
 
जिल्ला समन्वय समिति पर्सामा बसेको सर्वपक्षिय बैठकले कोभिड एक्सन टिम गठन गरेको हो । बैठकले जिल्ला समन्वय समिति पर्साका सभापत्ति नेक महमद हुसैनको संयोजक्त्तवमा एक सक्रिय समुहको निमार्ण गरेको छ । सो समुहमा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी, वीरगञ्ज उधोग बणियज्य संघका मनोज कुमार दास, संचारकर्मी राजन रौनियार, राजेन्द्र सिंह, शम्भु कुमार सुमन, नरेश सरार्फ, हरि प्रसाद कुर्मी सदस्य रहनु भएको कार्यदल गठन भएको हो ।
 
कारोनाबाट बिचल्ली भएको र सो रोगका नलागे पनि उन्य रोगको उपचार अभावका कारण अनाहकमा ज्यान गुमाउन थालेपछि सो समुह सर्वसाधारणको सहयोगका लागि निमार्ण भएको CAT संयोजक नेक महमद हुसैनले जानकारी दिनु भयो ।
 
यता, जनता समाजवादी पार्टीका सचिव तथा CAT का सदस्य तबरेज अहमदले आजबाट निशुल्क साहयता कक्ष संचालनमा ल्याई चारवटा हेल्प लाईनबाट जनताको सहयताको निम्ती प्रयोगमा ल्याईको जानकारी दिनु भयो । समयमा उपचार नपाएको वीरगञ्जको पछिल्लो उदाहारणले निकै पिडादायक घटनालाई स्मरण गर्दै उहाँले समस्या तथा समाधानको रुपमा यो कार्यदल पुलको भुमिका निर्वाह गर्ने बताउनु भयो ।
 
त्यस्तै एक हप्ताको अथक प्रयासबाट गठन भएका कार्यदलले सम्पुर्ण पर्साबासीको लागि काम गर्ने नेपाली काग्रेसका नेता श्याम पटेलको भनाई छ । वहाँले कहि कतै समस्या भएको खण्डमा ९८४५०२२०७३, ९८५५०२८१८२, ९८५५०४००७५, ९८५५०३३६०१ मा सम्पर्क गर्न पनि अनुरोध गर्नु भयो ।
 
यसै बिच, सर्व साधारणको सहायोग तथा कार्यदल सम्मको सम्पर्कका निम्ती मिडिया सेन्टर समेत निर्माण भएको छ । संचारकर्मी राजन रौनियारको संयोजक्त्तवमा ५ सदस्य कमिटी बनाइएकाे हो । कमिटिमा संचारकर्मी राजेन्द्र सिंह राजपुत, शम्भु कुमार सुमन, नरेश सरार्फ तथा आरोहण साह रहेको बताईएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...