Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

काेराेना संक्रमणले वीरगंजमा थप २ जनाकाे मृत्यु

spot_img
spot_img

वीरगन्ज । नारायणी अस्पताल वीरगंजमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण पुष्टि भएका मृतक दुवै बाराका हुन् । 

बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय दिनेशप्रसाद कलवारको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको हो।

४/५ दिनदेखि ज्वरो र खोकीको समस्याले ग्रसित कलवारलाई बुधबार राति दमका कारण श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो ।

नारायणी अस्पतालकाे प्रयोगशालामा गरिएकाे पिसिआर परिक्षणमा उनकाे रिपाेर्ट पोजिटिभ आएकाे अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए । 

यस्तै नारायणी अस्पतालमै उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ सिमराका ५० वर्षीय शेख समिमुल हकमा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए । 

ज्वरो र खोकी लागेका हकलाई बुधबार दिउँसो उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरिएको थियो । तर त्यहा स्वास्थ्यमा सुधार नभएपछि मेडिकल कलेजले नारायणी अस्पतालमा रेफर गरेको थियो । 

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार साँझ ६ बजे उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र बिहीबार बिहान उनको मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । जस मध्ये पर्साका १८ जना छन् भने बारा ५ र राैतहटका एक जना छन् । वीरगंजमा काेराेनाबाट एक भारतिय नागरिककाे पनि मृत्यु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...