Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

मेयर यादव काठमाडाैंमा काेराेना पाेजिटिभ, स्वास्थ्य अवस्थामा सुधार

spot_img
spot_img
 
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादवकाे काठमाडाैंमा गरिएकाे परिक्षणमा काेराेना पाेजिटिभ देखिएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा मेयर यादवकाे पिसिआर रिपाेर्ट नगेटिभ आएपनि काठमाडाैंमा गरिएकाे परिक्षणमा काेराेना पाेजिटिभ देखिएकाे हाे ।
 
श्वासप्रश्वासमा समस्या भएपछि बीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएका यादवलाई साउन २६ गते साेमबार थप उपचारकाे लागि हेलिकप्टरबाट काठमाण्डाै लगिएकाे थियाे । काठमाडाैंस्थित मेडिसिटी हस्पिटलमा भर्ना गरिएका मेयर यादवलाई बुधबार सांझ आएकाे पिसिआर रिपाेर्ट पाेजिटिभ देखिएकाे उनीसंगै काठमाडाैंमा रहेका गिरि राज कडेलले जानकारी दिए ।
 
मेयर सावमा काेराेना पाेजिटिभ देखिएपछि मेडिसिटिबाट ह्याम्स अस्पताल धुमबाराहि काठमाण्डौमा आज भर्ना गरिएकाे कडेलले जानकारी गराए । उनले मेयर सावकाे काेराेना रिपाेर्ट पाेजिटिभ देखिएपनि स्वास्थ्य अवस्था पहिला भन्दा अहिले सुधार हुदै गएकाे जनाए ।
 
कडेलका अनुसार मेयर सावलाई सुरुमा आइसियुमा राखेर उपचार गरिएपनि अहिले हयाम्सकाे आइसाेलेसन वार्डमा सिफ्ट गरिएकाे छ । मेयर यादव अहिले माेबाइलमा कुरा गर्न समेत थाल्नु भएकाे छ । क्रमिक रुपमा स्वास्थ्य अवस्था सुधार हुदै गएकाे छ ।  
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...