Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेता विकास तिवारीलाई रिहा नगरे आन्दाेलन गर्ने नेवि संघको चेतावनी

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साका सभापति विकास तिवारीलाई रिहा गर्न उनको संगठनले माग गरेको छ । वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलन गरी नेवि संघले तिवारीलाई अनाहकमा पक्राउ गरी प्रहरीले दु:ख दिएको बताएको छ ।

उसको कुनै दोष छ भने प्रमाणित गरेर देखाउनुपर्छ, होइन भने अनाहकमा पटक पटक पक्राउ गरेर दुःख दिने अधिकार प्रहरीलाई कसले दिएको छ ?’ नेविसंघका पूर्व जिल्ला अध्यक्ष राकेश यादवले भने ‘बर्दीको आडमा प्रहरीको ज्यादती धेरै दिन सहेर बस्ने पक्षमा हामी छैनौं ।’

साउन २६ गते जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापति तिवारी, उप सभापति शेष हजारा र ठाकुर राम इकाई अध्यक्ष मनोज साह पक्राउ परेका थिए । उनीहरुलाई सोही दिन राति साढे ११ बजे नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलको जिम्मामा छाडिएको थियो । तर प्रहरीले पुनः तिवारीलाई साउन २८ गते बुधबार घरबाटै अपहरण शैलीमा गिरफ्तार गरिएको पत्रकार सम्मेलनमा नेवि संघ नेताहरुले वताए ।

पटक पटक गिरफ्तार गरेर दुःख दिएको, कसैलाई भेट गर्न नदिएको, कहिले साइबर क्राइम त कहिले सामाजिक शान्ति व्यवस्था भंग गरेको भनी आरोप लगाउने गरेको गुनासो उनीहरुको छ ।

उपचार नपाएर अनाहकमा ६ जनाले मृत्युवरण गरेको अवस्थामा त्यस्ता अस्पताललाई कारबाही गनुपर्ने र स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने माग राखेर सडक आन्दोलन गर्दा पक्राउ गरेको नेविसंघको आरोप छ ।

तिवारीलाई रिहा नगरे आन्दोलन गर्ने उनका समर्थकहरुले चेतावनी दिएका छन् । उनीहरुले आज सांझ ४ बजे वीरगंजकाे घण्टाघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने पनि जनाएका छन् । 

नेवि संघ पर्साका उपाध्यक्ष शेष हजाराको अध्यक्षमा गरिएको पत्रकार सम्मेलनमा नेवि संघका नेता अभय कर्ण, ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साह, केशव राज मिश्र, प्रभु साह, अकाश नेपाली, रमेश यादव, सुरेश महतो, संजय महतो लगायतकाे उपस्थिती रहेको थियो ।

प्रहरीले साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न तिवारीलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ । प्रहरीले बुधबार तिवारीलाई नियन्त्रणमा लिएपनि बिहिबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थपका लागि अदालत पठाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...