Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सामा काेराेनाबाट २२ जनाकाे मृत्यु, संक्रमितकाे संख्या ११४२ पुग्याे

spot_img
spot_img
वीरगंज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट १९ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सांझ सार्वजनिक गरेकाे तथ्यांक अनुसार हालसम्म पर्सामा काेभिड १९ काे कारण १९ जनाकाे मृत्यु भएकाे जनाएकाे छ ।
 
जिल्ला प्रशासन कार्यालयकाे सुचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले सार्वजनिक गरेकाे तथ्यांकमा जस मध्ये एक जना भारतीय र १ जना वेवारिसे रहेकाे जनाइएकाे छ । यस्तै पर्साकाे वीरगंजमा बाराबाट आएका २ र राैतहटकाे १ जना समेत काेराेना संक्रमणले मृत्यु भएकाे छ । याे मिलाएर मृतककाे संख्या २२ रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले उल्लेख गरेका छन् ।
 
उनका अनुसार मृतकहरू अधिकांश दीर्घ राेगी एव्ं अन्य अन्य कुनै स्वास्थ्य समस्या भएका देखिएकाे छ । कतिपय मृत्यु भइसकेपछि काेभिड पुष्टि भएका छन् भने कतिपय अन्य उपचारकाे लागि अस्पताल डुलाउँदा डुलाउँदा मृत्यु भएका अधिकारी बस्नेतले जनाएका छन ।
 
काेराेना संक्रमित पुष्टि भएकाकाे संख्या एक हजार एक सय ४२ रहेकाे जनाइएकाे छ । बुधबार सांझ पुष्टि भएका ३१ जनाकाे संख्या लिएर काेराेनाकाे संक्रमितकाे संख्या हाल सम्म ११४२ रहेकाे बस्नेतले जनाएका छन् । जसमा १५ जना भारतीय नागरिक सहित ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा र २० जना अस्पताल सफाइकर्मी समेत रहेकाे अधिकारी बस्नेतले आफ्नाे फेसबुक मार्फत सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख गरेका छन् ।
 
उका अनुसार हालसम्म पीसीआर चेकजाँचको लागि १४ हजार ८ सय ३४ जनाकाे स्वाब संकलन भएकाे छ ।
 
संक्रमण पुष्टि भएका संक्रमितहरु मध्ये २९ महिलासहित एक सय ६७ जना काेभिड अस्पतालमा रहेका छन् । गण्डक काेभिड अस्पतालमा १० महिलासहित ६५ जना र वीरगंज हेल्थ केयर काेभिड अस्पताल १९ महिलासहित एक सय २ जना रहेका छन् ।
 
यस्तै सामुदायिक आइसाेलेसन सेन्टर /सेमि आइसाेलेसन सेन्टरमा २ सय ३९ रहेका छन् । जिल्लाभरीमा ५ सय भन्दा बढीकाे सामुदायिक तथा सेमि  आइसाेलेसन सेन्टरमा रहेकाे जनाएकाे छ । जसमध्ये रानीपाेखरी हाेटल आइसाेलेसन, बसपार्कमा ३४ जना, रानीसती धर्मशाला आइसाेलेसन, बीरगंजमा ४१ जना, बीरगंज सिद्धार्थ स्कूल आइसाेलेसनमा ३२ जना, बीरगंज कारागार आइसाेलेसन सेन्टरमा ३८ जना र अन्य आइसाेलेसन सेन्टरमा ९४ जना रहेकाे काेराेना सम्बन्धि सार्वजनिक तथ्यांकमा देखाइएकाे छ ।
 
यस्तै अझै पनि हाेम आइसाेलेसनमा ३ सय २५ जना रहेका छन् ।
 
काेभिड १९ काे संक्रमण राेकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनकाे लागि हाेम आइसाेलेसन तथा केहि सामुदायिक आइसाेलेसनकाे कार्यान्वयन चुनाैतिपूर्ण देखिएकाेले त्यसकाे सट्टा अर्काे काेभिड अस्पताल तथा सामुदायिक आइसाेलेसन सेन्टर संचालनमा जाेड दिदै त्यसका लागि आवश्यक तयारी अघि बढाइएकाे बस्नेतले जानकारी गराएका छन् ।
 
काेराेना निकाे भइ ४५ महिला र १९८ पुरूष घर फर्केका जनाइएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...