Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वडा सदस्य अन्सारी लगायतकालाई रिहा गर्न २४ घन्टे अल्टिमेटम

spot_img
spot_img
वीरगंज ।  वडा सदस्य हकहित मञ्च वीरगंजले वडा सदस्य मुस्तफा अन्सारीलाई बिना शर्त रिहा गर्न माग गरेकाे छ । मंचले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिना कुनै कारण पक्राउ गरि वडा सदस्या अन्सारीमाथी मुद्दा चलाएको प्रति आपति जनाउदै चौबीस घन्टा भित्र बिना शर्त रिहा गर्न माग गरेकाे छ ।
 
मंचका अध्यक्ष तैफुल अख्तर र सचिव कुर्मीद्वारा जारी प्रेस विज्ञप्तीमार्फत २४ घण्टा भित्र रिहा नगरिए वडा सदस्यहरुद्वारा वीरगंज महानगरकाे ३२ वटै वडाकाे वडा कर्यालय लगायत महानगरले दिरहेको सम्पुर्ण सेवा सुबिधा बन्द गरिने र सो कार्यबाट उत्पन्न परिस्थितिको सम्पुर्ण जिम्मेवारी प्रहरी प्रशासनले लिनु पर्ने जनाइएकाे छ ।
 
साउन २५ गते वीरगंज महानगरपालिकाकाे वडा नं. २ का २० वार्षिय युवती बिष्णु लामाको नारायणी लगायत वीरगंजको कुनै पनि अस्पतालले उपचार गर्न नमाने पछि  मृत्यु भएकाे थियाे । अस्पतालकाे लापरवाहीले मृत्यु भएकाे बिराेधमा मृतकका आफन्त तथा स्थानियद्वारा नारायणी अस्पतालको गेट अगाडि भएकाे प्रदर्शनकाे क्रममा एक चिकित्सककाे गाडीको सिसा समेत फुटेको थियोे ।
 
साेही बिराेध प्रदर्शनकाे क्रममा जनप्रतिनिधिको हैसियतले उपस्थित मुस्तफा अन्सारीलाई बिना कुनै कारण गाडीकाे सिसा फुटाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा वाेलाएर वडा सदस्य मुस्तफा लगायत उनीसंगै गएका अरु दुई जनामाथी प्रहरीले मुद्दा चलाएकाे जारी प्रेस विज्ञप्ती मार्फत जनाइएकाे छ ।
 
विज्ञप्तीमा जनप्रतिनिधिमाथी बिना कारण मुद्दा चलाईएको घटना पन्चायत शैलिको झझल्को दिएको र ब्यक्तिकाे जिवन भन्दा गाडीको सिसा ठुलो भएको उल्लेख गर्दै वीरगंजमा उपचार नै नपाएर अहिलेसम्म धेरैको मृत्यु भएको र यस प्रति अहिलेसम्म कुनै पनि करवाही नगरिएको घटनाकाे भर्त्सना समेत गरिएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...