Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

spot_img
spot_img

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ४६ हजार ९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ८३४ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट २३ लाख २९ हजार ६३८ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९६३ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसमम्कै सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका पाँच लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १६ लाख ३९ हजार ५९९ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...