Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पाेखरिया नगरपालिकामा २५ बेडकाे आइसाेलेसन

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकाले काेराेना संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइसाेलेसन तयार गरेकाे छ ।

पोखरिया अस्पतालकाे माथिलाे तल्लामा तयार गरिएकाे आइसाेलेसनमा २ जना संक्रमितलाई राखि मसेत सकिएकाे नगर प्रमुख दिपनारायण राैनियारले जानकारी दिए । नगरपालिका अन्तर्गतकाे काेराेना संक्रमितहरुलाई राखेर उपचार गर्नकाे लागि पहिलाे चरणमा २५ बेडकाे आइसाेलेस तयार गरिएकाे उनले जनाए ।

जिल्ला भरी नै कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएको र वीरगंजस्थित आईसोलेसनमासमेत ठाउँ नरहेकाेले सर्वदलीय बैठक बसी आफ्नै नगरपालिकामा आइसाेलेसन निर्माण गर्ने निर्णय अनुसार तयार गरिएकाे प्रमुख राैनियारले वताए ।

तयार गरिएकाे आइसाेलेसन पाेखरिया अस्पतालकाे व्यवस्थापनमा संचालन हुनेछ । अस्पताल कै चिकित्सकहरुले संक्रमितहरुकाे उपचार गर्ने छन् ।  आईसोलेेेसन वार्डमा सिसि क्यामेरा समेत जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल कुमार यादवले बताए ।

आईसोलेसनमा प्रथम चरणका कोरोना संक्रमितहरुलाई सुरक्षित व्यवस्थापन र उपचार भईरहेको मेसु यादवले जानकारी दिए ।

साेमबार मात्र नगरपालिकाकाे एक वडाध्यक्ष, एक चिकित्सक, एक नर्स र एक अहवेमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । साउन २१ गते काेराेना संक्रमणबाट नै नगरपालिका कै एक युुवतीकाे मृत्यु समेत भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...