Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सामा थप ६५ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा थप ६५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना छन् । यसअघि सोमबार बिहान पनि पर्साका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रयोगशालाले दिएको जानकारी अनुसार नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना चिकित्सक र २३ वर्षीय एक युवक, भवानी हस्पिटलले पठाएको स्वाबमा वीरगञ्ज–१६ नगवाका १८ वर्षीय, वीरगञ्ज–१९ को २३ वर्ष, वीरगञ्ज–१४ का ४०, वीरगञ्ज–१५ का ३२ वर्षका पुरुष, २० र ३६ वर्षीया २ जना महिला, वीरगञ्ज–१६ भिष्वाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि संक्रमण देखिएको हो । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ४८, ३०, ४३, ३५, २३, वर्षीय र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...