Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सामा थप ७१ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या एक हजार नाघ्याे

spot_img
spot_img
बीरगन्ज । पर्सामा पछिलाे २४ घण्टामा थप ७१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यसंगै पर्सामा संक्रमितकाे संख्या  एक हजार १७ पुगेकाे छ ।
 
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये पर्साका ७१ जना, बाराका ३ जना र सर्लाहीका एक जना रहेका छन् । 
 
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन् ।
 
संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी मसेत रहेका छन् । वीरगन्जस्थित रेहको भारतिय दुतावासका कर्मचारी ३५ बर्षिय एक पुरुष कर्मचारी, नारायणी अस्पतालका एक पुरुष र एक महिला कर्मचारी पनि काेराेना संक्रमण पुष्टि भएकाे मेसु उपाध्यायले बताए ।
 
त्यसैगरी संक्रमित हुनेहरुमा वीरगन्ज बारुण नियणत्रका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्षदेखि ६८ बर्षका सम्मका ४६ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका एक जना पुरुष, पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ बर्ष देखि ५० बर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिराभवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ बर्षकी एक महिला, बिन्दवासिनी गाउँपालिका अमरपट्टी निवासी २ जना महिला र १ जना पुरुष रहेका छन् ।
 
यस्तै पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुषमा पनि काेराेना संक्रमण देखिएकाे मेसु उपाध्यायले बताए ।
 
नारायणी अस्पताल कै प्रयाेशालामा गरिएकाे परिक्षणमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका एक पुरुष, परवानीपुर ३ निवासी ३२ बर्षिय एक पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका एक पुरुष र सर्लाहीका ३६ बर्षका एक पुरुषकाे काेराेना पाेजेटिभ देखिएकाे छ ।
 
साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि पिसिआर परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी मेसु उपाध्यायले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...