Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंजमा हाेटल र धर्मशालालाई आइसाेलेसन बनाउने प्रशासनकाे तयारी

spot_img
spot_img
वीरगंज । पर्सामा काेराेना संक्रमित बढदै गएपछि वीरगंजकाे हाेटल र धर्मशालालाई आइसाेलेसन बनाउन थालिएकाे छ ।
 
पर्सा जिल्लामा पिसिआर चेकजाँचलाइ तिव्रता दिइएसँगै काेभिड १९ संक्रमित पुष्टि हुनेहरूकाे संख्या बढ्दै गएकाे सन्दर्भमा लक्षण नभएका संक्रमितहरूलाइ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम वीरगंजका केही हाेटल र धर्मशालाई आइसाेलेसन बनाउन लागिएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए । 
 
स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी हाेम आइसोलेसनमा बस्ने सुविधा दिइएकाेमा धेरैजसाे ठाउँमा तोकिएका आधार र मापदण्ड पुरा नभएकाे र संक्रमित व्यक्तिहरू स्वयं पनि अनुशासित भएर घरमै बस्नुकाे सट्टा घरबाहिर निस्किएर संक्रमण फैलाउने जाेखिम बढेपछि हाेम आइसाेलेसनकाे सट्टा सामुदायिक आइसाेलेसन सेन्टरकाे माेडललाई जाेड दिनुपर्ने देखिएपछि शुक्रबार मात्रै थप २८० बेड क्षमताका सामुदायक आइसाेलेसन सेन्टर संचालन गर्ने गरी तयारी गरिएकाे बस्नेतले जानकारी दिए ।
 
वीरगंजस्थित गाेपाल मण्डली धर्मशालामा १११ बेड, हाेटल रानीपाेखरीमा ५० बेड, राणी सती धर्मशालामा ६० बेड र सिद्धार्थ मा.वि. मा थप ६० बेडकाे आइसाेलेसन सेन्टर स्थापना गरिएकाे उनले जानकारी गराए ।
 
यस अघि नै करिव २०० बेड क्षमताका काेभिड अस्पताल र झण्डै त्यति नै क्षमताकाे सामुदायिक आइसाेलेसन सेन्टर संचालनमा रहेकाे उनले जनाए ।
 
बीरगंज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने गरी स्वास्थ्यकर्मीको व्यवस्था बीरगंज महानगरपालिकाले गर्ने र यसरी स्वास्थ्यकर्मीहरु खटिएको अवस्थामा उनीहरुलाई नेपाल सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारकाे तर्फबाट उपलब्ध गराउने व्यवस्था मिलाउने गरी शुक्रबार बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले निर्णय गरेकाे बस्नेतले जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...