Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वयाेधा अस्पतालका ५ डाक्टर, ४ नर्ससहित १५ जना काेराेना संक्रमित

spot_img
spot_img

वीरगंज । नारायणी वयाेधा अस्पताल वीरगंजका ५ डाक्टर, ४ नर्ससहित १५ जना काेराेना संक्रमित भएका छन् । 

नारायणी अस्पताले शुक्रबार विहान सार्वजनिक गरेकाे थपिएका एक सय ४१ संक्रमित मध्ये वयाेधा अस्पताका १५ जना रहेका छन् । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा ति सबै जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

केहि दिन पहिला वयाेधा अस्पतालमा काेराेना संक्रमणबाट मृत्यु भएकाे बिरामीकाे कन्टेक्ट ट्रेसिङकाे अधारमा ५ डाक्टर, ४ स्टाप नर्स, एक गार्ड र अन्य ५ जना कर्मचारी गरि १५ जनामा संक्रमण फेला परेकाे हाे ।

साउन १६ गते वयाेधा अस्पतालमा उपचाररत वीरगंज १६ नगवाकी ५० बर्षियकाे महिलाकाे मृत्यु भएपछि काेराेना संक्रमण पुष्टि भएकाे थियाे । फेरी साउन १७ गते अस्पतालमा उपचाररत वीरगंज १६ नगवा कै अर्की महिलाकाे काेराेना संक्रमण पुष्टि भएपछि गण्डक काेभिड अस्पतालमा रेफर गर्दा मृत्यु भएकाे थियाे ।

ति मृतक महिलाहरु कै कन्टेक्ट ट्रेसिङकाे  आधारमा स्वाब संकलन गरि काेराेना परिक्षण गर्दा अस्पतालका १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...