Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

नेशनल मेडिकल कलेजले फेरी बिरामी भर्ना लिएन

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । कोरोना शंकास्पद वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको हाे ।

वीरगञ्ज–३ का वडा अध्यक्ष वैजु स्वर्णकारका अनुसार ४/५ दिन पहिला ज्वरो आएपनि ठीक भइसकेको थियो । तर साउन २२ गते राति ९ बजे उनलाई अचानक स्वास लिन गाह्रो भयो । सुरुमा एडभान्स हस्पिटलमा लगियाे । एडभान्समा आइसियु म्यानेज भन्याे । त्यहाँ आइसियु थिएन, बन्दै नै रहेछ ।

अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि एडभान्समा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ ।

त्यसपछि अटो रिक्सालाई अनुरोध गरेर बिरामीलाई नेशनल मेडिकल कलेज पुर्‍याइयो । तर नेशनल मेडिकल कलेजले भर्ना गर्न मानेन ।

राती ११ बजेकाे करिबमा नेशनलमा पुग्दा गेट मै भेटिएका एक चिकित्सकले यस्तो विरामीका लागि कुनै व्यवस्था छैन भनेर अटोबाटै बिरामीलाई फर्काएको वडा अध्यक्ष स्वर्णकार बताए ।

‘चिकित्सकले आईसीयू सुविधा भएको अस्पतालमा लैजान भनेपछि नेशनल मेडिकल कलेज लिएर गएका थियौं, तर त्यहाँ भर्ना लिनु त परको कुरा कुनै व्यवस्था छैन भनेर अटोमै बिरामीलाई फर्काइदियो’ वडा अध्यक्ष स्वर्णकारले भने  ‘त्यसपछि डा. निरज सिंहलाई समस्याबारे जानकारी गराएपछि कोभिड अस्पतालमै लिएर आउन भन्नुभयो । त्यहाँ लगिएपछि साेही राती एक बजेकाे करिबमा मृत्यु भयाे ।’

अहिले शव काेभिड अस्पताल मै राखिएकाे छ, कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको छ । आज साँझसम्म रिपोर्ट आउने सम्भावना रहेकाे वडाध्यक्ष स्वर्णकारले वताए ।

यस सम्बन्धमा बुझ्न मेडिकल कलेजका कोभिड संयोजक डा. असरफ हुसेनसंग फाेनमा सम्पर्क गर्न खाेज्दा माेबाइल अफ भएका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...