Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंज श्रीसियाका २२ सहित थप १४१ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालाले गरेकाे पछिल्लो पिसिआर परिक्षण रिपोट अनुसार एक सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मै सर्वाधिक संक्रमित संख्या हो ।

थपिएका संक्रमितमा २१ महिला र एक सय २० जना पुरुष रहेका छन् ।

नयाँ संक्रमितहरु बीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।
 
त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
 
यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५ जना, वीरगंज कारागारका २ जना, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
 
यस्तै थपिएका नयाँ संक्रमित मध्ये एक प्रहरी र ४३ जना थुनुवासमेत रहेकाे जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले वताए ।
 
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी कार्यालयकाे थुनुवामा रहेका ४३ जना र एक प्रहरी गरी ४४ जनामा संक्रमण दिएकाे हाे । उनले भने “ति सबै बाहिर बाट आएकाहरु हुन, तिनिहरु सबैजनालाई हामी अलगै राखेका छाैं ।”
 
नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना पनि रहेका छन् । 
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...