Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । पर्सामा थप एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । नारायणी अस्थायी काेराेना अस्पताल वीरगंजमा बिहिबार विहान मृत्यु भएकाे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतकाे कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘दुई दिन अगाडी साँझतिर भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि गएरातिबाट भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौं । बिहान मृत्यु भयो,’ उनले भने, ‘अपरान्ह पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...