Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

मेडिकल कलेजकाे लापरवाही सम्बन्धमा जिप्रकाले छानविन थाल्याे

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे लापरवाहीले एक बिरामीकाे मृत्यु भएकाे सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साले छानविन सुरु गरेकाे छ ।

उपचारकाे लागि बिहिबार विहान पुगेका वीरगंज ११ श्रीपुर निवासी ६४ बर्षिय चलितर महताेकाे अस्पतालले उपचार गर्न नमान्दा  मृत्यु भएकाे सम्बन्धमा प्रशासन कार्यालयले छानविन सुरु गरेकाे हाे । प्रशासन कार्यालयले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन मेडिकल कलेजकाे लापरवाहीले एक जनाकाे मृत्यु भएकाे समाचार विभिन्न संचारमाध्यमले सार्वजनिक गरेपछि छानविन थालेकाे बुझिएकाे छ।

प्रशासन कार्यालयले नेशनल मेडिकल कलेजलाई एक पत्र लेख्दै बिहिबार विहान अस्पतालले भर्ना नलिएका कारण चलितरकाे मृत्यु भएकाे सम्बन्धमा यथार्थ विवरण माग गरेकाे छ । समाचार स्राेतका प्रशासन कार्यालयले मेडिकल कलेजलाई घटना सम्बन्धमा ३ दिन भित्र यथार्थ विवरण उपलब्ध गराउन पत्रचार गरेकाे हाे ।

साे पत्र गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवार, काठमाडाैं र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडाैंलाई समेत बाेद्धार्थ गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा एक बिरामीकाे मृत्यु भएकाे गुनासाे आएपछि छानविन सुरु गरिएकाे वताए । उनले भने “मेडिकल कलेजलाई एक पत्र लेख्दै घटना सम्बन्धमा जवाफ मागेका छाैं, जवाफ आएपछि थप छानविन गरी कारवाही गर्ने छाैं ।”

काेराेना भाइरस संक्रमण भएकाे शंकामा बिरामीकाे पिसिआर रिपाेर्ट नगेटि आएकाे कागजात हुदासमेत मेडिकल कलेजले भर्ना लिन नमान्दा बिरामीकाे मृत्यु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...