Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

मेडिकल कलेजले उपचार गर्न नमान्दा बिरामीकाे मृत्यु, कारवाही हुन्छ : सप्रजिअ

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन वीरगञ्जमा एक निजी अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लागेको छ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोको मृत्यु भएको परिवारजनले बताएका छन् ।

बिहीबार बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको तर भर्ना नलिएका कारण महतोको मृत्यु भएको परिवारजनको दाबी छ ।

साउन २१ गते बुधबार राति दिसामा रगत देखिएको र श्वास लिन समेत गाह्रो भएपछि उनलाई बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो । कोरोना संक्रमण नभएको पुष्टि हुने कागज देखाउँदा समेत कोभिड–१९ संक्रमितको आशंकामा नेशनलले बिरामीको भर्ना लिन नमानेको मृतकका भाइ शम्भु महतोले जानकारी दिए ।

‘दाइको स्वास्थ्यमा केही दिनयता समस्या देखिरहेको थियो । ज्वरो र हल्का खोकी पनि थियो’ उनले भने, ‘साउन ११ र १५ गते गरी दुईपटक पीसीआर परीक्षण पनि गरायौं । दुई पटककै रिपोर्ट नेगेटिभ आएको छ । तरपनि नेशनल मेडिकल कलेजले भर्ना लिन नै मानेन । भर्ना गराउन आधा घण्टा जति कोशिस गर्‍यौं तर सकेनौं ।’

अस्पतालको गेटमा खटिएका कर्मचारीले ‘एमडीले भनेपछि मात्रै भर्ना गर्छौ ।’ भनेर जवाफ दिएको उनी बताउँछन् । दुई दिनअघि हल्का ज्वरो र खोकी लाग्नुका साथै शरीरमा कमजोरी महशुस भएपछि उनलाई नेशनलमै उपचारका लागि लगिएको थियो । तर त्यतिखेर पीसीआर परीक्षण गराएर ल्याउनु भनी फर्काएको महतोले बताए ।

‘दुई दिन पहिला लैजाँदा पीसीआर रिपोर्ट लिएर आउनु भनेर भने । वडा अध्यक्षले रिपोर्ट हिजो मात्रै हातमा दिनुभयो । रिपोर्ट लिएर जाँदा पनि भर्ना गर्न मानेन,’ उनले भने, ‘अस्पताल बाहिरै पुग्दा पनि उपचार नपाएपछि दाइले संसार छोड्नुभयो ।’

यस बिषयमा बुझ्न नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनसंग फाेनमा सम्पर्क गर्दा फाेन काटि दिएका कारण सम्पर्क हुन सकेन ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेशनल मेडिकल कलेजलाई कारवाही गरिने वताए । उनले भने “जनताकाे स्वास्थ्यसंग खेलवाड नगर्न निजि अस्पताललाई आजै हामी आग्रह गरेका हाैं, साेहीदिन यस्ताे घटना भएकाे जानकारी प्राप्त भएकाे छ । यस सम्बन्धमा हामी छानविन गर्छाैं, दाेषी ठहरे सके सम्म हामी कारवाही गर्छाैं, नत्र कारवाहीकाे लागि माथिलाे निकालयलाई सिफारिस गर्छाैं ।”  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...