Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

नेपाली कांग्रेसका नेता चाैरसियापनि काेराेना संक्रमित

spot_img
spot_img

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसिया पनि काेराेना संक्रमित भएका छन् । बिहिबार विहान थपिएका ४३ संक्रमित मध्ये ५६ वर्षीय नेता चौरसियामा समेत रहेकाे वताइएकाे छ ।

पुर्वमन्त्री समेत रहेका चौरसियालाई सामान्य ज्वरो र रुघाखोकी लागेपछि उनले पिसिआर परिक्षणका लागि मङ्गलबार आफ्नो स्वाबकाे नमुना दिएका थिए । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार राति गरिएकाे परिक्षणमा चाैरसियाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे हाे । 

नेपाली काग्रेसका तराई मधेश समन्वय बिभाग प्रमुखसमेत रहेका चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नो घरमै आइसोलेसनमा रहेका छन् । उनले चिकित्सकको सल्लाह अनुसार अस्पताल  भर्ना हुनुपरे आफु भर्ना हुने जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...