Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सा र बारामा एकैदिन एक सय ३३ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा बुधबार एकै दिन अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेशालामा गरिएकाे परिक्षणमा बाराकाे सिमराका १७ जनासहित १ सय ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा एक मृतकसहित २४ महिला पनि रहेका छन् । संक्रमितहरु ५ बर्ष देखी ७४ बर्ष उमेर समुहकाे रहेका छन् ।

मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ ।

वीरगञ्ज कारागारका ३२ जना, ज्वरो आएका कारण गण्डक काेभिड हस्पिटलमा भर्ना भएका दुई जना, वीरगञ्ज चिनी मिलमा गरिएको परीक्षणमा ५ जना, त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै बाराकाे सिमरास्थित क्वारेन्टिनका १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे वताइएकाे छ ।

संक्रमण पु्ष्टि हुनेमा वीरगंजका महानगरपालिकाका केही कर्मचारीसहित नगर प्रमुखकाे नजिकका केही व्यक्तिहरु पनि रहेकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...